म्याड्रिड डर्बीमा जित निकाल्दै रियल शीर्ष स्थानमा उक्लियो, के छ प्रमुख प्रतिद्धन्द्धी बार्सिलोनाको अवस्था ?
काठमाडौं । म्याड्रिड डर्बीमा एट्लेटिको म्याड्रिडविरुद्ध जित निकाल्दै रियल म्याड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
साविक विजेता रियललाई जित दिलाउन ब्राजिलियन फरवार्ड रोड्रिगो र उरुग्वेयन मिडिफिल्डर फेडेरिको भाल्भर्डेले समान एक गोल गरे ।
घरेलु टोली एट्लेटिकोका मारियो हेर्मेसोले सान्त्वना गोल फर्काए ।
यस जितसँगै ६ खेलमा १८ अंक जोडेको रियल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । यसअघि दोस्रो स्थानमा रहेको रियलले प्रमुख प्रतिद्धन्द्धी बार्सिलोनालाई २ अंकले उछिनेको छ ।
जारी सिजन रियलले ला लिगामा शतप्रतिशत जित निकोलेको छ ।
दोस्रो स्थानमा झरेको बार्सिलोनाले समान ६ खेलबाट १६ अंक जोडेको छ । बार्सिलोना पनि अपराजित छ । तर, उसले १ खेल बराबरी खेलेको छ ।
ला लिगाको तेस्रो स्थानमा रियल बेटिस तथा चौथो स्थानमा एट्लेटिको बिल्बाओ छन् । ला लिगाका शीर्ष ४ टोली च्याम्पियन्स लिगमा छनोट हुने प्राबधान छ ।
यता, रियलसँग पराजित एट्लेटिको भने मात्र १० अंक जोडेर लिगको सातौं स्थानमा मात्र छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया