नेपालले उपाधि नजितेपछि प्रशिक्षकले दिए राजीनामा

काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक कुमार थापाले पदबाट राजीनामा दिएका छ ।
आज बंगलादेशसँग घरमै पराजित भएर उपाधिविमुख भएपछि उनले नैतिकताका आधारमा राजीनामा दिएको घोषणा गरेका हुन् ।
‘आफूले गर्न नसकेपछि त्यहीँ ओगटेर बस्नु हुँदैन, नयाँलाई मौका दिनुपर्छ,’ राजीनामा घोषणा गर्दै उनले भनेका छन् ।
भारतलाई सेमिफाइनलमा हराएपछि आम नेपालीले नेपालले उपाधि जित्ने अपेक्षा गरेका थिए । तर, नेपाल बंगलादेशसँग ३ १ गोल अन्तरले पराजित हुन पुग्यो ।
यससँगै नेपाल पाँचौपटक फाइनलमा पराजित भएको छ । महिला साफ च्याम्पियनसिपको उपाधि नेपालले जित्न सकेको छैन ।
बंगलादेशले पहिलो उपाधि जित्यो, नेपालले पाँचौपटक फाइनल गुमायो
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया