कुमारी बैंकको चाडपर्वलक्षित ‘डिजिटल धमाका अफर’ : आइफोन १३ जित्न माैका
काठमाडौं । कुमारी बैंकले दशैं, तिहार, छठ जस्ता चाडपर्वलाई लक्षित गर्दै ‘डिजिटल धमाका अफर’ ल्याएको छ । दशैंमा डिजिटल कारोबार गर्नलाई प्रोत्साहन गर्ने उदेश्यले ग्राहकले प्रत्यक्ष रुपमा महसुस गर्नेगरि विभिन्न योजनाहरु ल्याएको बैंकले जनाएको छ।
डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने प्रमुख लक्ष्य सहित ल्याइएको यस योजनालाई बैकले डिजिटल धमाका अफर नाम दिएको छ। यस योजनाका लागि बैंकले फोनपे र एफवन सफ्टसँग सहकार्य गरेको छ।
यस योजनाअनुसार मोबाइल बैङ्किङमार्फत टप अप गर्ने ग्राहकले आइफोन १३ जित्न सक्नेछन। यस योजनामा सहभागी हुनलाई ग्राहकले कम्तिमा २०० रुपैयाँ बराबर पांच पटक टप अप गर्नुपर्नेछ। यो योजना यहि असोज ४ गतेदेखि कात्तिक १३ गतेसम्म रहनेछ ।
त्यस्तै बैंकले भिजा कार्डका ग्राहक, मोबाइल बैंकिंङको क्युआर कोड मार्फत कारोबार गर्ने ग्राहकलाई लक्षित गरि दशैं तिहार तथा छठ पर्वसम्मका लागि ल्याएको अर्को योजनामा ग्राहकले ३०० फिर्तादेखि इलेक्ट्रिक स्कुटरसम्म जित्न सक्नेछन। यो योजना असोज १० देखि २३ असोजसम्म तथा ७ कात्तिक देखि १३ कात्तिकसम्म रहनेछ ।
त्यस्तै बैंकले मोबाइल बैंकिंग मार्फत टप अप गर्दा वा मोबाइल बैंकिंग मार्फत दशैंमा दक्षिणा दिंदा शतप्रतिशत नगद फिर्ता योजना ल्याएको छ। यो योजना १९ असोजदेखि टीका साइतसम्म रहनेछ।
कुमारी बैंकले आफ्ना देशभर रहेका आफ्ना १९८ शाखा, १९५ एटिएम, ५३ वटा शाखा रहित बैंकिंग, २४ एक्सटेन्सन काउन्टर मार्फत आफ्ना ग्राहकलाई बैंकिंग सेवा प्रदान गरिरहेको छ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया