राष्ट्रपतिबाट संविधानको घोर उल्लंघन भयो : वर्षमान पुन
काठमाडौं । पूर्वमन्त्री तथा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट नागरिकता विधेयक प्रमाणीकरण नहुनु संविधानको घोर उल्लंघन भएको टिप्पणी गरेका छन् । राष्ट्रपतिले आफ्ना नागरिकलाई राज्यबिहन बनाउन खोजेको उनले आरोप लगाएका छन् ।
‘सार्वभौम जनताको प्रतिनिधि संस्था संघीय संसदले नेपाली नागरिकका सन्तानलाई नागरिकता दिने गरी पास गरेको नागरिकता बिधेयक प्रमाणित नगर्नु संविधनको घोर उल्लंघन हो’, बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत आपत्ति जनाउँदै लेखेका छन्, ‘आफ्ना नागरिकलाई राज्यबीहिन बनाउने आमनबीय कार्य हो /सचेत रहौं र संयमित बनौं /निर्वाचन बिथोल्ने षड्यन्त्रको अंग पनि हो ।’
संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रियसभा) पास भएको विधेयक दोस्रोपटक पनि राष्ट्रपतिले प्रमाणीकरण नगरेपछि सत्तागठबन्धनका नेताहरू आक्रोसित भएका छन् । विपक्षी एमालेले उक्त कदमको बचाए गरेको छ । संविधान अनुसार पहिलोपटक आफ्नो रायसहित विधेयक फिर्ता गर्न सक्ने भएपनि दोस्रोपटक फिर्ता गर्ने अधिकार राष्ट्रपतिलाई संविधानले दिएको छैन ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया