सानिमा बैंकको क्यास डिपोजिट मेसिन सञ्चालनमा

काठमाडौं । सानिमा बैंकले ग्राहकहरुको सुविधाका लागि क्यास डिपोजिट मेसिन सञ्चालनमा ल्याएको छ । बैंकले केन्द्रिय कार्यालय नक्सालबाट उक्त मेसिन सञ्चालनमा ल्याएको हो ।
सो मेसिनबाट ग्राहकहरू आफैले नै खातामा रकम जम्मा गर्न सक्ने बैंकले जनाएको छ । यस सुविधाबाट ग्राहकहरुलाई काउन्टरमा लाइन बस्न पर्ने झन्झटबाट मुक्त तथा समयको बचत हुने बैंकले विश्वास लिएको छ ।
हाल उक्त मेसिनबाट ग्राहकहरुले रु ५०० र १००० दरका रु १ लाखभन्दा कम नेपाली नोट रकम जम्मा गर्न सक्नेछन् । यसरी रकम जम्मा भएपछि ग्राहकले जम्मा रसिद प्राप्त गर्नेछन् । हाल यो सुबिधा बैंकको केन्द्रिय कार्यालय, नक्सालबाट प्राप्त हुने जनाइएको छ ।
सानिमा बैंकको देशभर १२७ कार्यालय, १२० एटिएम सञ्चालनमा रहेका छन् ।
ताजा अपडेट
-
महिला एसियन कप छनोट चरणबाटै बाहिरियो नेपाल,उज्बेकिस्तान एसियन कपमा छनोट
-
उपाधि जितेको क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीले दिए बधाई
-
पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
प्रतिक्रिया