राजु श्रीवास्तवलाई मनोज गजुरेलले यसरी सम्झिए
काठमाडौं । नेपालका हाँस्य कलाकार मनोज गजुरेलले बुधबार निधन भएका भारतीय हाँस्य कलाकार राजु श्रीवास्तवलाई सम्झिएका छन् ।
श्रीवास्तवसँगको तस्बिर सामाजिक सञ्जालमा राख्दै गजुरेलले लेखेका छन्, ‘स्वर्गमा बास होस् पिय राजु भैया !’
श्रीवास्तव र गजुरेल दुवै स्ट्याण्डअप कमेडियन हुन् ।
श्रीवास्तवलाई केही दिनअघि ब्रेन डेड भएको घोषणा गरिएको थियो ।
५८ वर्षीय राजु श्रीवास्तवलाई हृदयघात भएपछि दिल्लीको एम्स अस्पतालमा भर्ना गरिएको थियो । उनी अगस्ट १० देखि अस्पतालमा भर्ना भएका थिए । उपचारको क्रममा उनको निधन भएको हो ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया