आर्थिक वृद्धिदर ४.७ प्रतिशतमा सीमित हुने एडीबीको प्रक्षेपण
काठमाडाैं । चालु आर्थिक वर्ष २०७९/८० मा नेपालको आर्थिक वृद्धिदर ४.७ प्रतिशतमा सीमित हुने प्रक्षेपण एसियाली विकास बैंक (एडीबी)ले गरेको छ ।
एडीबीले बुधबार एसियन डेभलपमेन्ट आउटलुक २०२२ सार्वजनिक गर्दै यस्तो प्रक्षेपण गरेको हो । यस वर्ष सरकारले ८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखेको छ ।
एडीबीले गत अप्रिलमा ५ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त हुने अनुमान गरेको थियो ।
सरकारले अहिले लिएको नीतिको कारण २०२३ आर्थिक वृद्धिदरमा केही संकुचन आउने अनुमान एडीबीले गरेको छ । त्यस्तै सरकारले आयातमा गरेको कडाइले पनि आर्थिक वृद्धिदरमा बाधा पु-याएकोएडीबीको विश्लेशन छ ।
आयात प्रतिस्थापनका कारण चालिएका कदमले घरेलु उतपादन र उपयोगमा समेत असर पर्ने एडीबीको भनाइ छ । कोरोना महामारीबाट थलिएर विस्तारै उठेको अर्थतन्त्रमा पुन: डेंगु ज्वरो फैंलिदा त्यसलेसमेत नेपालको आर्थिक वृद्धिमा असर पुग्ने एडीबीको भनाइ छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया