बलिउडका कलाकारहरूले राजु श्रीवास्तवको निधनप्रति के भने ?
काठमाडौं । भारतीय हाँस्य कलाकार राजु श्रीवास्तवको निधनप्रति बलिउडका कलाकारहरूले दुःख व्यक्त गरेका छन् ।
उनीहरूले श्रीवास्तवको निधनको खबरले आफूहरू मर्माहत भएको बताउँदै उनीप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।
ऋतिक रोशन, अजय देवगण, रविना टण्डन, राजपाल यादवलगायत कलाकारले मनोरञ्जनको क्षेत्रमा उनले गरेको योगदान आफूहरूले कहिल्यै नबिर्सने बताएका छन् ।
हास्य कलाकार राजु श्रीवास्तवको ५८ वर्षको उमेरमा बुधबार निधन भएको हो ।
करिब एक महिनाअघि हृदयाघात भएपछि नयाँ दिल्लीस्थित अखिल भारत आयुर्विज्ञान प्रतिष्ठान (एम्स)मा उपचार भइरहेकोमा बुधबार उनको निधन भएको हो । कसरत गर्दा उनलाई हृदयाघात भएको थियो ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया