राष्ट्रपतिको कदमविरुद्ध सत्ता गठबन्धनका चार विद्यार्थी संगठन सडक आन्दोलनमा

काठमाडौं । संसद्को दुवै सदनबाट पारित भएको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले पारित नगरेको भन्दै सत्ता गठबन्धनमा आबद्ध चार दलका भ्रातृ संगठन सडक आन्दोलनमा उत्रने भएका छन् ।
कांग्रेसको भ्रातृ संगठन नेविसंघ, माओवादी केन्द्रको अनेरास्ववियू (क्रान्तिकारी), एकीकृत समाजवादीको अनेरास्ववियू र जसपाको समाजवादी विद्यार्थी युनियनले बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै आन्दोलनको घोषणा गरेका हुन् ।
जसअनुसार सडक आन्दोलनदेखि कार्टुन प्रदर्शनसम्म रहेका छन् । बुधबार सुरु भएको आन्दोलन असोज ७ सम्म चल्ने विज्ञप्तिमा उल्लेख छ ।
‘मुलुकको सार्वभौम संसद्बाट पारित गरिएको नागरिकता विधेयक २०७९ लाई महामहिम राष्ट्रपतिज्यूले कुनै दलीय स्वार्थ र इशारामा प्रमाणिकरण नगरी विफल तुल्याएको प्रति संयुक्त विद्यार्थी संगठन खेद प्रकट गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘विगतको इतिहासमा प्रतिगमनको मतियार बन्नु भएकी राष्ट्रपति जस्तो गरिमामय संस्थाबाट पुनः नेपालको संविधानको उलंघन गरी चालेको असंवैधानिक कदम राष्ट्र, राष्ट्रियता, नेपाली नागरिक र व्यवस्था माथि कै प्रहार हो भन्ने हाम्रो ठहर छ ।’
हेरौं विज्ञप्ति :
सत्ता गठबन्धनको निष्कर्ष : राष्ट्रपतिको कदमले संसदको घोर अपमान भयो
प्रतिक्रिया