आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । मनसुन न्यून चापीय प्रणालीको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा भइरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् प्रतिभा मानन्धरका अनुसार दिउँसो गण्डकी, लुम्बिनी र सुदूरपश्चि प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । सुदूरपश्चिममा भारी वर्षाको सम्भावना छ । राति भने सुदूरपश्चिम र पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना छ ।
काठमाडौं उपत्यकामा आज मौसम सामान्य बदली रहे पनि वर्षाको सम्भावना छैन । यद्यपि, शुक्रबार दिउँसो काठमाडौँमा हल्का वर्षाको सम्भावना रहेको मामौसमविद् मानन्धरले बताइन्।
उनले भनिन्, ‘बागमतीमा आज वर्षाको सम्भावना छैन् आंशिकदेखि सामान्य बदली रहने छ, भोलि साँझ बागमतीमा वर्षाको सम्भावना छ ।’
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको महाशाखाले जनाएको छ । अहिले प्रदेश १, मधेश, गण्डकीका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन,चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । काठमाडौंको आज न्यूनतम तापक्रम २६ तथा अधिकतम तापक्रम ३० डिग्री सेल्सियस छ ।
ताजा अपडेट
-
एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेट : भुटानलाई हराएसँगै नेपाल समूह बिजेता बन्दै सेमिफाइनलमा
-
वायुसेवा निगमको सदृढीकरण अपरिहार्यः पर्यटनमन्त्री पाण्डे
-
निजामती विधेयकमा उठेका विषयमा छानबिन गर्न सभामुखलाई आग्रह
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
-
सभापति खतिवडाले राजीनामा दिनुपर्छ: माओवादी केन्द्र
प्रतिक्रिया