अङ्गोलामा कार दुर्घटना हुँदा १२ जनाको मृत्यु
एजेन्सी । अङ्गोलाको दक्षिणी बेन्गुएला प्रान्तमा बुधबार ३० यात्रु बोकेको एउटा गाडी पल्टिँदा कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै अन्य १८ जना घाइते भएका स्थानीय अधिकारीहरूले बताएका छन् ।
तीव्रगति, सावधानीको अभाव र प्राविधिक त्रुटिका कारण गाडी पल्टिएको राष्ट्रिय प्रहरीका प्रवक्ता अर्नेस्टो चिवालेले बताएका छन् ।
बेन्गुएला जनरल अस्पतालमा चिकित्सा सहायता लिइरहेका १८ जना घाइतेको अवस्था गम्भीर रहेको एङ्गोलाको नेसनल इन्स्टिच्युट फर मेडिकल इमर्जेन्सीका बेन्गुएला प्रान्तीय संयोजक हर्नानी फ्रान्सिस्कोले बताएका छन् ।
ताजा अपडेट
-
रसुवा र नुवाकोटका धार्मिक तथा पर्यटकीय क्षेत्र भ्रमणका लागि सुरक्षित
-
बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०ः२६ बजे
-
दशैंको उपहारः भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा
-
दसैँमा नेपाल प्रहरीको निःशुल्क बससेवा, यस्तो छ रुट
-
राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट टीका र जमरा ग्रहण गर्ने


प्रतिक्रिया