हिन्दीमा डबिङ भएको प्रेमगीत -३ ले पायो नेपाली चलचित्रको मान्यता
काठमाडौं । प्रेमगीत ३ को हिन्दीमा डबिङ भएको चलचित्रलाई सरकारले नेपाली चलचित्रको मान्यता दिएको छ ।
सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रेमगीत -३ को हिन्दी भर्सनलाई बुधबार नेपाली चलचित्रको मान्यता दिएको हो ।
मन्त्रालयका प्रवक्ता तथा सेन्सर बोर्डका अध्यक्ष सेवन्तक पोखरेलले हिन्दी भाषाको प्रेमगीत -३ लाई पनि नेपाली चलचित्र सरहको कर छुट लगायतका सुविधा दिइएको बताए । अब यो चलचित्रले १५ प्रतिशत कर छुट पाउने छ ।
यसअघि चलचित्र विकास बोर्डले प्रेमगीत -३ लाई विदेशी चलचित्र सरह सेन्सर सिफारिस गरेको थियो । यसले गर्दा विवाद बढेको थियो ।
यसलाई लिएर मन्त्रालयले बोर्डका अध्यक्ष भुवन केसीसँग स्पष्टीकरणसमेत सोधेको छ ।
प्रेमगीत -३ मा प्रदीप खड्का, क्रिस्टिना गुरुङलगायतले अभिनय गरेका छन् । यसको प्रदर्शन नेपाल र भारतसँगै विभिन्न देशमा समेत हुने बताइएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया