बङ्गलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय टोली घोषणा, दुईजना नयाँ अनुहार
काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलका लागि २३ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)द्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक प्रदीप हुमागाईँले बन्द प्रशिक्षणमा रहेका ३० खेलाडीबाट २३ सदस्यीय टोलीको अन्तिम घोषणा गरेका हुन् ।
छनोट हुने नेपाली टोलीको गोलरक्षकमा किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ र दीप कार्की छन् । यसैगरी डिफेन्डरमा अनन्त तामाङ, रोहित चन्द, विकास तामाङ, दिनेश राजवंशी, विकास खवास, सुमन अर्याल र रञ्जित धिमाल रहेका छन् । मिडफिल्डरमा सेसेहाङ आङदम्बे, तेज तामाङ, विशाल राई, एरिक विष्ट, सुरजज्यू ठकुरी, सुदीप गुरुङ र सुजल श्रेष्ठ छन् ।
फरवार्डमा विमल घर्तीमगर, रितिक खड्का मनिष डाँगी अन्जन विष्ट र आशिष चौधरी रहेका छन् । टोलीमा थ्रिस्टार क्बलका खेलाडी रितिक खड्का र चर्च ब्वाइज युनियन क्लबका आशिष चौधरी टोलीमा नयाँ खेलाडी हुन् । नेपाल र बङ्गलादेशबीचको खेल यही असोज ११ गते त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया