प्रादेशिक अस्पतालको स्तरोन्नति गर्ने प्रदेश सरकारकाे निर्णय
विराटनगर । प्रदेश नंं १ सरकारले झापाको भद्रपुरस्थित प्रादेशिक अस्पतालको स्तरोन्नति गर्ने भएको छ। प्रदेश सरकार मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले प्रादेशिक अस्पतालको स्तरोन्नति गरी दुई सय शेयाकाे पु-याउने निर्णय गरेको छ।
बैठकले भोजपुर जिल्ला अस्पतालको स्तरोन्नति गरी ५० शैयाकाे बनाउने निर्णय पनि गरेको प्रदेश सरकारका प्रवक्ता एवं यातायात व्यवस्था सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले जानकारी दिए। यस्तै बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा असोज ५ गतेको निर्णय प्रचलित कानुनको दायराभित्र रही धनकुटाको भेडेटारमा निर्माणाधीन ‘स्वाइ वाक’का लागि आवश्यक जग्गा सट्टापट्टा गर्ने जिम्मेवारी प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशकलाई अधिकार प्रत्यायोजन गरेको प्रवक्ता घिमिरेले जानकारी दिए।
बैठकले खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयद्वारा प्रस्तुत प्रदेश खानेपानी तथा सरसफाइसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक तर्जुमाको सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ।
यसैगरी पर्यटन तथा संस्कृति मन्त्रालयद्वारा प्रस्तुत प्रदेशअन्तर्गतका १४ जिल्लाको प्रमुख उत्पादनको ‘ब्राण्डिङ’ गर्ने र प्रदेशको पर्यटन लोगो स्वीकृत गर्ने र पर्यटकीय गन्तव्यस्थल तोक्ने विषय मन्त्रिस्तरीय समितिको छलफलमा लैजाने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं मन्त्री घिमिरेले जानकारी दिए।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया