आइएमई पे मार्फत् फोनपे क्युआर स्क्यान गर्दा १ लाख जित्न सकिने
काठमाडौं । आइएमई पे र फोन पेबीच समझदारी भएको छ । सम्झौता पत्रमा आइएमई पेका तर्फबाट निमित्त प्रमुख कार्यकारी अध्यक्ष आमोद भट्टराइ फोनपेका तर्फबाट बिजनेश डेव्लप्मेन्ट म्यानेजर रुशान्त श्रेष्ठले हस्ताक्षर गरे ।
समझदारी अनुसार क्युआर स्क्यानमा १ लाख रुपैयाँसम्म जित्न सकिने अवसर हुनेछ भने त्यसका अतिरिक्त अन्य डिस्काउन्ट अफरहरुका पनि व्यवस्था मिलाइएको छ ।
नेपालको महान चाडपर्वको अवसर पारी फोनपेले दशैँमा १० दिनको र तिहारमा ५ दिनको अफर सार्वजनिक गरेको छ । जसमार्फत् प्रयोगकर्ताहरुले हरेक दिन आइएमई पे मार्फत् फोनपे क्युआर स्क्यान गरेर भुक्तानी गर्दा १ लाख रुपैयाँ जित्न सकिने छ ।
यसको साथै यही असोज १४ गते पर्ने आइएमई पेको क्युआर डेमा प्रयोगकर्ताहरुले आइएमई पे मार्फत् फोनपे क्युआर स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत छुट ९अधिक्तममा १००० हजार रूपैयाँ पनि प्राप्त गर्न सक्नेछन् ।
समझदारीले प्रयोगकर्ताहरुलाई चाडपर्वको किनमेल गर्न सहजता पुर्याउनुका साथै नयाँ प्रयोगकर्ताहरुलाई डिजिटल प्रविधि चलाऊन प्रोत्साहन दिने दुबै कम्पनीले विश्वास राखेका छन् ।
२० लाखभन्दा बढी ग्राहकहरुलाई सीधै मोबाईल वालेट एप तथा एजेन्टहरुमार्फत् आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्दै आएका छन् ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया