सानीभेरी नदीमा बेपत्ता पुरुषको खोजी जारी
रुकुम पूर्व । सानीभेरी नदीमा बगेर एक पुरुष बेपत्ता भएका छन् । जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिका–८ चारगाउँका ६५ वर्षीय मनबहादुर मल्ल बेपत्ता भएका हुन् ।
बिहीवार बिहान माछा मार्न जान्छु भनी घरबाट निस्केका मल्ल साँझसम्म पनि घर नफर्केपछि आज बिहानबाट खोजी सुरु गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम९पूर्व० का सूचना अधिकारी प्रहरी निरीक्षक कृष्णबहादुर खत्रीले जानकारी दिए ।
मल्लको खोजी गर्दै जाँदा उनले लगाएको चप्पल र झोला सिस्ने गाउँपालिका–२ स्थित तिप्ताराको नदी किनारमा फेला परेको स्थानीय अन्जान ठकुरीले जानकारी दिएका छन् ।
अप्ठ्यारो भूगोल, नदीमा पानीको बहाव बढेको र त्यसमा पनि धमिलो पानीका कारण खोजीमा समस्या भइरहेको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया