पल शाहविरुद्धको फैसलाको पूर्णपाठ आयो (पूर्णपाठसहित)
काठमाडौं । अभिनेता पल शाहविरुद्धको मुद्दामा गरेको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ । पूर्णपाठ नवलपुर जिल्ला अदालतले शुक्रबार सार्वजनिक गरेको हो ।
पूर्णपाठमा दुर्गेश थापा, सरोज ओली, सम्राट चौंलागाईँलगायत यस प्रकरणमा दृश्यमा आएका र प्रत्यक्षदर्शी भनिएकाहरूको मुचुल्कालगायत प्रायः सबै विषय समावेश गरिएको छ ।
अदालतले स्टारडमको महत्वबारे पनि प्रकाश पारेको छ ।
‘आफू स्टार हुँ भन्ने एउटा वयस्क व्यक्तिले पर्दामा मात्र होइन, वास्तविक दुनियाँमा पनि नायकीपन प्रस्तुत गर्नुपर्छ,’ अदालतले फैसलामा भनेको छ ।
गत भदौ २१ गते जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले नाबालिग एक गायिकामाथि बलात्कारको मुद्दामा अभिनेता शाहलाई सफाइ दिएको थियो ।
यद्यपि, बाल यौन दुरुपयोगमा दोषी ठहर गर्दै साढे दुई वर्ष कैद सजाय सुनाउनका साथै २५ हजार रुपैयाँ जरिवाना तोकेको थियो ।
साथै, यस्तै पीडित नाबालिगलाई १० लाख रुपैयाँ क्षतिपूर्ति भराउन पनि आदेश दिएको थियो ।
यस्तो छ फैसलाको पूर्णपाठ :
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया