नारायणगढ–मुग्लिन सडक खुल्यो

चितवन । पहिराका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक पुनःसञ्चालन भएको छ ।
गएराति १२ बजे भरतपुर महानगरपालिका–२९, केराबारी र १८ किलोमा लेदोसहितको पहिरो खसेपछि अवरुद्ध सडक बिहान ६ः३० बजेदेखि सञ्चालन भएको चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । अहिले रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन् ।
रातभर सडक अवरुद्ध हुँदा सडकमा सवारी साधनको चाप बढी भएकाले लेन अनुशासन पालना गरेर यात्रा गर्न प्रहरीले सबैमा अनुरोध गरेको छ ।
चाडपर्व नजिकिएका कारण पनि नारायणगढ–मुग्लिन सडकमा सवारी साधनको चाप बढी छ । यो वर्ष मात्रै सो सडकखण्डमा दर्जनौं पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ ।
ताजा अपडेट
-
कामपामा सबैभन्दा बढी भवन खाली गराइ पाउँ भन्ने विवाद
-
७७ वर्षीय बालकृष्णको ड्रागन फ्रुट खेती, वार्षिक १० लाख आम्दानी
-
राहदानी नागरिकको विलासिताको वस्तु होइन, आधारभूत अधिकार हो : परराष्ट्रमन्त्री देउवा
-
समृद्ध समाज निर्माणमा बकर ईद पर्वले प्रेरणा दिइरहोस् : प्रधानमन्त्री
-
पोखरीमा डुबेर दुई बालकको मृत्यु
प्रतिक्रिया