तोलामा एक हजारले घट्यो सुनको मूल्य
काठमाडौं । साताको पहिलो दिन आइतबार सुन–चाँदीको मूल्य घटेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा एक हजार रुपैयाँले घटेर ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार यसको मूल्य तोलामा ९२ हजार ८०० रुपैयाँ कायम थियो ।
त्यस्तै, आज तेजावी सुन तोलामा ९१ हजार ३०० रुपैयाँमा र चाँदी ११ सय ७० रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ । शुक्रबार चाँदी तोलामा १२ सय रुपैयाँमा कारोबार भएको थियो। गत कारोबारको तुलनामा आज चाँदी ३० रुपैयाँले घटेको हो ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया