बाढीले बगाउँदा भेनेजुएलामा सात जनाको मृत्यु
काराकास । भेनेजुएलाको पश्चिमी भागमा भारी वर्षाका कारण एक धार्मिक जमघटमा सहभागी एक समूहलाई बगाउँदा कम्तीमा सात जनाको मृत्यु भएको भेनेजुएलाका गभर्नरले शनिबार बताएका छन् ।
प्रोटेस्टेन्ट धार्मिक समूह मेथोडिस्ट चर्चका करिब ४० जना सदस्य शुक्रबार ताचिरा राज्यमा भेला भएका बेला भारी वर्षाका कारण अचानक बाढी आएको गभर्नर फ्रेडी बर्नालले ट्वीटरमा जानकारी दिएका छन्। वर्षा कम भएपछि नदीमा नुहाउने क्रममा केही उपासकहरूलाई एक्कासि पानीको सतह बढेर आउँदा बगाएको बर्नालले बताए ।
उनले भने, ‘अहिलेसम्म सात वटा शव निकालिएको छ, जसमध्ये चार जनाको पहिचान हुन सकेको छैन, हामीले पहिचान हुन नसकेका शवका अफन्तको खोजी जारी राखेका छौं । ’
कोलम्बियाको सिमानामा पर्ने पर्यटकहरूको लागि लोकप्रिय एन्डीजको एक क्षेत्रमा बाढी आएको हो । यस वर्ष भेनेजुएलामा औसतभन्दा बढी वर्षा भएको छ, जसका कारण धेरै क्षेत्रमा क्षति पुगेको अधिकारीहरूले बताएका छन् ।
सरकारका प्रवक्ताले भारी वर्षालाई ‘ला नीना’ मौसमी घटनासँग जोडेका छन्, जुन प्रशान्त महासागरको भूमध्यरेखीय सतहको पानीमा तापक्रमको विसंगतिको कारण हुने गर्छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया