गड्डाचौकी नाकाबाट विदेशी पर्यटक भित्रिने क्रम बढ्दो
बेदकोट । पश्चिमी सीमा नाका गड्डाचौकीबाट भित्रिने विदेशी पर्यटकको संख्या बढ्दै गएको छ । कोरोना महामारीपछि बन्द रहेको नाका खुलेसँगै पछिल्लो समय भारत हुँदै नेपाल भित्रिने विदेशी पर्यटकको संख्या बढ्दो रहेको छ ।
गड्डाचौकी नाकाबाट भित्रिने तेस्रो मुलुकका पर्यटकको संख्या बढ्दो रहेको अध्यागमन कार्यालयका प्रमुख पदमराज भट्ट बताउँछन् । ‘यहाँबाट अहिले तेस्रो मुलुकका नागरिकलाई प्रस्थान बन्द गरिएको छ, विदेशी पर्यटक भित्रिने क्रम भने बढ्दो छ’, उनले भने, ‘कोरोना नियन्त्रणसँगै नाका खुलेपछि नेपाल भित्रिने पर्यटकको संख्या बढ्दै गएको छ ।’
अध्यागमन कार्यालय गड्डाचौकीको तथ्याङ्कअनुसार आठ महिनाको अवधिमा एक सय ९३ पर्यटक नेपाल भित्रिएका छन् । सन् २०२१ मा ५८ जना पर्यटक गड्डाचौकीबाट भित्रिएका थिए । सन् २०२२ को जनबरीमा १५, फेब्रोरीमा सात, मार्चमा २९, अप्रिलमा २२, मेमा २२, जुनमा २९, जुलाइमा २८ र अगष्टमा ४१ जना तेस्रो मुलुकका नागरिक भित्रिएको अध्यागमन अधिकृत भट्टले जानकारी दिए ।
उनका अनुसार गड्डाचौकी नाकाबाट भित्रिने पर्यटक पोखरा, बर्दिया, चितवन, लुम्बिनीलगायत ठाउँ घुम्नका लागि जाने गरेका छन् । उक्त नाका भएर नेपाल भित्रिनेमा फ्रान्स, इटाली, स्पेन, कोरिया, जर्मन, अष्ट्रेलिया, रसिया, युके, युएसए, अर्जेन्टिनालगायत देशका नागरिक बढिरहेका छन् ।
ताजा अपडेट
-
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
त्रिभुवन विमानस्थलको अध्यागमनमा खादा, माला र संस्थागत पहिचानका सामग्री प्रयोगमा प्रतिबन्ध
-
पाटन अदालतको इतिहासमा पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा
-
आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित
प्रतिक्रिया