NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ भदौ १९ गते

उत्तरपश्चिम पाकिस्तानमा विस्फोट, २ सैनिकको मृत्यु

इस्लामावाद । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको उत्तरी वजिरिस्तान जिल्लामा भएको विस्फोटमा दुई सुरक्षाकर्मीको मृत्यु भएको सेनाले आइतबार जनाएको छ।

सेनाको मिडिया शाखा इन्टर सर्भिसेज पब्लिक रिलेसन्स (आईएसपीआर) द्वारा जारी विज्ञप्ति अनुसार शनिबार जिल्लाको ईशाम क्षेत्रमा इम्प्रोभाइज्ड विस्फोटक पदार्थ विस्फोट हुँदा दुई सैनिकको मृत्यु भएको थियो। दुवै मृतक सैनिकहरू देशको पूर्वी पञ्जाब प्रान्तका नागरिक रहेको पुष्टि भएको छ ।

आईएसपीआरका अनुसार त्यस क्षेत्रमा आतङ्कवादीविरुद्ध अपरेसन शुरु भएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष