प्रेमगीत ३ हेरेर पुण्य गौतमल भने, ‘बाहुबली बिर्साइदियो’
काठमाडौं । नेकपा एमालेका नेता पुण्य गौतमले फिल्म ‘प्रेमगीत ३’को खुलेर तारिफ गरेका छन् । चर्चित बलिउड फिल्म ‘बाहुबली’ सँग तुलना गर्दै उनले आफूलाई प्रेमगीत ३ ले बाहुबली बिर्साइदिएको बताएका छन् ।
बाहुबली भारतमा हालसम्मबै बढी कमाइ गर्ने फिल्ममध्येमा पर्छ ।
निर्माण टोलीद्वारा आयोजित पत्रकार सम्मेलनमा आफूले प्रेमगीत ३ दुई पटकसम्म हेरेका भन्दै गौतमले यस्तो बताएका हुन् ।
गौतमले फिल्ममा अभिनित कलाकार सबैको अभिनय सवोत्कृष्ट रहेको बताएका छन् भने अभिनेता प्रदिप खड्कालाई उनले सबैभन्दा ‘ह्याण्डसम हिरो’ को उपाधी दिएका छन् । गौतमले फिल्मले बक्स अफिसमा हालसम्मकै बढी ग्रस कलेक्सन गर्ने भविष्यमाणी पनि गरेका छन् ।
फिल्मको प्रशंसासँगै उनले अभिनेता तथा नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको आलोचना पनि गरे । केसीलाई नेपालमै बनेको फिल्मलाई हिन्दी करार गरेर कलाकारको खुट्टा नतान्न उनको सुझाव थियो ।
त्यस्तै अर्का निर्माता नवल खड्कालाई पनि उनले चुनौती दिँदै राष्ट्रवादका नाममा विश्वमाझ चिनाउने गरी बनेको फिल्मलाई विवादमा नमुछ्न बताएका छन् ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया