सन्दीपविरुद्ध जारी भयो इन्टरपोलको डिफ्युजन नोटिस
काठमाडौं । द इन्टरनेशनल क्रिमिनल अर्गनाइजेसन (इन्टरपोल) ले नाबालिका करणीको अभियोग लागेका नेपाली क्रिकेटर सन्दीप लामिछानेविरुद्ध डिफ्युजन नोटिस जारी गरेको छ ।
नाबालिकाले सन्दीपले जबरजस्ती करणी गरेको जाहेरी प्रहरीमा दिएको खबर प्रकाशमा आएको भोलिपल्ट उनले लामो स्ट्याटस पोस्ट् गर्दै आफू निर्दोष रहेको र कानूनी उपचारका लागि छिट्टै नेपाल फर्कन लागेको बताएका थिए । पूर्वप्रतिबद्धताअनुसार सन्दीप स्वदेश नफर्किएर सम्पर्कविहीन बनेपछि नेपाल प्रहरीको आग्रहमा इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको हो ।
प्रहरी प्रधान कार्यालयले आफूहरूको आग्रहमा सन्दीपविरुद्ध डिफ्युजन नोटिस जारी भएको जनाएको छ ।
योसँगै अब इन्टरपोलको सदस्य रहेका १३५ राष्ट्रले उनलाई पक्राउ गर्न पाउने भएका छन् ।
क्यारेबियन लिगमा सहभागिताका लागि नेपाल बाहिर रहँदा सन्दीपविरुद्ध किशोरीले जाहेरी दिएकी थिइन् । तर उनी अहिले कहाँ छन् केही खुलेको छैन । आइताबर राति मात्रै उनले आफू शारीरिक र मानसिक समस्याबाट गुज्रिएर आइसोलेसनमा रहेको र छिट्टै नेपाल फर्कने तयारीमा रहेको बताएका थिए । यस्तो जानकारी गराएको भोलिपल्ट नै उनीविरुद्ध डिफ्युजन नोटिस जारी भएको हो ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया