सन्दीपविरुद्ध जारी भयो इन्टरपोलको डिफ्युजन नोटिस
काठमाडौं । द इन्टरनेशनल क्रिमिनल अर्गनाइजेसन (इन्टरपोल) ले नाबालिका करणीको अभियोग लागेका नेपाली क्रिकेटर सन्दीप लामिछानेविरुद्ध डिफ्युजन नोटिस जारी गरेको छ ।
नाबालिकाले सन्दीपले जबरजस्ती करणी गरेको जाहेरी प्रहरीमा दिएको खबर प्रकाशमा आएको भोलिपल्ट उनले लामो स्ट्याटस पोस्ट् गर्दै आफू निर्दोष रहेको र कानूनी उपचारका लागि छिट्टै नेपाल फर्कन लागेको बताएका थिए । पूर्वप्रतिबद्धताअनुसार सन्दीप स्वदेश नफर्किएर सम्पर्कविहीन बनेपछि नेपाल प्रहरीको आग्रहमा इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको हो ।
प्रहरी प्रधान कार्यालयले आफूहरूको आग्रहमा सन्दीपविरुद्ध डिफ्युजन नोटिस जारी भएको जनाएको छ ।
योसँगै अब इन्टरपोलको सदस्य रहेका १३५ राष्ट्रले उनलाई पक्राउ गर्न पाउने भएका छन् ।
क्यारेबियन लिगमा सहभागिताका लागि नेपाल बाहिर रहँदा सन्दीपविरुद्ध किशोरीले जाहेरी दिएकी थिइन् । तर उनी अहिले कहाँ छन् केही खुलेको छैन । आइताबर राति मात्रै उनले आफू शारीरिक र मानसिक समस्याबाट गुज्रिएर आइसोलेसनमा रहेको र छिट्टै नेपाल फर्कने तयारीमा रहेको बताएका थिए । यस्तो जानकारी गराएको भोलिपल्ट नै उनीविरुद्ध डिफ्युजन नोटिस जारी भएको हो ।
ताजा अपडेट
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन


प्रतिक्रिया