उपमेयर डंगोल बजार अनुगमनमा

काठमाडाैं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल बजार अनुगमनमा खटिएकी छन् । उनले आज बिहान प्रदर्शनीमार्गस्थित टुकुचा क्षेत्रका तरकारी बजार, खसी बजार र खाद्यान्न पसलहरुमा अनुगमन गरेकी छन् ।
उपमेयर डंगोलसहित तीनवटा टोली विभिन्न स्थानमा अनुगमनमा खटिएका हुन् । उक्त टोलीले खाद्यान्न, माछा मासु र डिपार्टमेन्टल स्टोरमा पनि अनुगमन गर्ने जनाएको छ ।
बजार अनुगमणको क्रममा उपमेयर डंगोलले अनुगनमलाई चार्डपर्व लक्षित मात्रै नभएर निममित रूपमा सञ्चालन हुने बताइन् । नियमित बजार अनुगमन वाणिज्य अपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, खाद्य अनुगमन विभाग र उपभोक्ता हीत संरक्षण मञ्चसँग काठमाडाैं महानगरपालिकाले संयुक्त रूपमा समन्वय गरेर गरिने बताईन् ।
तस्विर : अमरदीप श्रेष्ठ/ नेपालवाच
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया