दुई सातामा वाणिज्य बैंकहरुमा थपियो ८७ अर्ब निक्षेप
काठमाडाैं । चाडपर्व नजिकिएसँगै बाणिज्य बैंकहरूमा निक्षेप बढ्न थालेको छ । चाडपर्वको समयमा विदेशबाट रेमिट्यान्स भित्रिदा बैंकहरूमा निक्षेप बढ्न थालेको हो ।
नेपाल बैंकर्स संघका अनुसार पछिल्ला दुई सातामा वाणिज्य बैंकहरुमा झण्डै ८७ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । असोजको पहिलो सातामा मात्रै वाणिज्य बैंकहरुको निक्षेप २६ अर्ब रुपैयाँले बढेको छ ।
गत साता वाणिज्य बैंकहरुमा २६ अर्ब १४ करोड निक्षेप थपिएको छ । त्यो भन्दा अधिल्लो साता ४५ अर्ब ५४ करोड निक्षेप थपिएको थियो । भदौको अन्तिम साता र असोजको पहिलो सातामा गरेर वाणिज्य बैंकहरुमा ८६ अर्ब ६८ करोड रुपैयाँ निक्षेप थपिएको छ । यसअवधिमा बैंकहरुले ६ अर्ब २० करोड मात्र कर्जा विस्तार गरेका छन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया