नागरिक लगानी कोष र हिमाल दोलखा हाइड्रोपावरबीच सम्झौतामा हस्ताक्षर
काठमाडाैं । नागरिक लगानी कोषले हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद सेयरको प्रत्याभूति गर्ने भएको छ ।
कोष र हाइड्रोपावर कम्पनीबीच आज प्रत्याभूति गर्ने सम्झौतामा हस्ताक्षर भएको हो । कम्पनीको हाल कायम चुक्ता पुँजी रु एक अर्ब ६० करोडको ७५ प्रतिशतले हुने रु एक अर्ब २० कारोडको एक करोड २० लाख कित्ता हकप्रद शेयरको प्रत्याभूति कोषले गर्नेछ ।
सोसम्बन्धी सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र दोलखा हाइड्रोपावरका तर्फबाट अध्यक्ष रञ्जना दाहालले हस्ताक्षर गरेका हुन् ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया