NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

बागमति प्रदेशमा डेंगु संक्रमण उच्च

काठमाडौं । उपत्यकासहित देशका ७६ जिल्लामा देखापरेको डेंगु संक्रमणबाट अहिलेसम्म २५ हजार बढी संक्रमित भइसकेका छन् । मंगलबारसम्म डेंगुका बिरामीको संख्या २५ हजार ५४३ पुगेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

त्यस्तै हालसम्म डेंगु संक्रमणबाट ३२ जनाको मृत्यु भइसकेको छ । सबैभन्दा बढी डेंगुका बिरामी बागमति प्रदेश र सबैभन्दा कम कर्णाली प्रदेशमा छन् । महाशाखाका अनुसार बागमतिमा १९ हजार ९१०, मधेशमा ३८०, गण्डकीमा ५५६, लुम्बिनीमा २ हजार ८८७, कर्णालीमा २३१ र सुदुरपश्चिम प्रदेशमा ८०४ जना डेंगुका बिरामी रहेका छन् ।