दक्षिण कोरियामा ३९ हजारभन्दा बढी कोरोना सङ्क्रमित थपिए
एजेन्सी । दक्षिण कोरियामा कोरोना भाइरसबाट थप ३९ हजार भन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले मङगलबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा थप ३९ हजार चार सय २५ जना सङ्क्रमित भएका हुन् ।
योसँगै दक्षिण कोरियामा अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या दुई करोड ४६ लाख ७३ हजार छ सय ६३ पुगेको स्वास्थ्य अधिकारीहरूको भनाइ छ
दैनिक सङ्क्रमितहरूको सङ्ख्या एक दिनअघिको तुलनामा बढेको देखिएको छ । अघिल्लो दिन १४ हजार एक सय ६८ जना सङ्क्रमित भएका थिए ।
अघिल्लो हप्ता औसतमा दैनिक सङ्क्रमितको सङ्ख्या ३० हजार तीन सय तीन रहेको थियो ।
अहिले सङ्क्रमित अवस्थामै रहेका मध्ये चार सय एक जना गम्भीर अवस्थामा रहेका छन् । यो सङ्ख्या भने अघिल्लो दिनको भन्दा २६ जनाले कम भएको छ ।
दक्षिण कोरियामा कोरोनाका कारण पछिल्लो एक दिनमा २६ जनाको मृत्यु भएको छ । योसँगै कोरियामा कोरानाका कारण कुल मृतकको सङ्ख्या २८ हजा दई सय ७२ पुगेको छ ।
विश्वका धेरै देशमा कोरोना भाइरसको महामारी अत्यन्त न्युन भइसक्दा समेत दक्षिण कोरियामा भने फैलिइरहेको छ । महामारी सुरु भएका बेला राम्रोसँग महामारी नियन्त्रण गरेको दक्षिण कोरिया अहिलेसम्म पूर्ण रुपमा नियन्त्रण गर्न असफल भएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया