NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

एनएमबीको बडा दशैंमा बडा डिजिटल धमाका, २ हजारसम्म छुट

काठमाडाैं । एनएमबि बैंकले आफ्ना ग्राहकहरूलाई कार्ड र मोबाइल बैंकिङ्ग छुट र क्यासब्याक सुविधा प्रदान गर्न बिभिन्न स्टोर र ब्रान्डसँग सहकार्य गरेको जनाएको छ । यस महान उत्सवलाई लक्षित गरी २००० सम्म छुट सुविधाहरू प्रदान गरेको जानकारी गराइएको छ ।

एनएमबि बैंकलेअसोज १० देखि बडा दशैंमा बडा डिजिटल धमाका सुरु गरेको छ जसअन्तर्गत ग्राहकले मोबाइल बैंकिङ र कार्ड प्रयोग गर्दा २००० सम्म पैसा बचत गर्न सक्नेछन् ।

डेबिट कार्ड

एनएमबि बैंकको ग्राहकहरु डेबिट कार्ड बाट ई–कमर्श/पोसमा कारोवार गर्दा १० प्रतिशत वा ३०० रूपैयाँसम्म क्यासब्याक पाउनेछन् ।

क्रेडिट कार्ड

एनएमबि बैंकको ग्राहकहरु क्रेडिट कार्ड बाट ई–कमर्श/पोसमा कारोबार गर्दा २० प्रतिशत वा ५०० रूपैयाँ सम्मको क्यासब्याक पाउनेछन्  ।

इएनएमबी(eNMB) एप

एनएमबि बैंकको ग्राहकहरुले इएनएमबी एपबाट एनटिसी/एनसेल टपअपमा ३ प्रतिशत तत्काल क्यासब्याक अफर पाउने बैंकले जनाएको छ । त्यस्को साथसाथै, इएनएमबी एपबाट क्यूआर पेमेन्ट गर्दा १० प्रतिशत वा २०० रूपैयाँसम्मको क्यासब्याक पाउनेछन्  ।

एनएमबिका ग्राहकले निम्न छुटहरू, क्यासब्याक सुविधाहरू निम्न व्यापारीक स्थानहरूमा प्राप्त गर्न सक्नेछन् :