NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

निर्वाचन आचारसंहिता आज मध्यरातिदेखि लागू हुने

काठमाडौं । आजदेखि निर्वाचन आचारसंहिता लागू हुने भएको छ । निर्वाचन आयोगले बुधबार (आज) मध्यरातिदेखिनिर्वाचन आचारसंहिता, २०७९ लागू गर्ने भएको हो ।

आसन्न निर्वाचनका लागि निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय गरेको आयोगले जनाएको छ । साथै, आयोगले आचारसंहिताको पालना र कार्यान्वयन गर्न सबैको सहयोगको अपेक्षा गरेको जनाएको छ ।

आगामी मंसिर ४ मा देशैभर प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुँदैछ । अहिले निर्वाचन आयोग त्यसैको तयारीमा छ ।

प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन आचारसंहिता : के गर्न पाइन्छ, के पाइँदैन ?