सल्यानमा जीप दुर्घटना : ८ जनाको मृत्यु, एक जना घाइते

दाङ । सल्यानको कपुरकोटमा बिहानै जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । मृतकहरू सल्यानको कपुरकोटकै विभिन्न वडाका हुन् ।
मृत्यु हुनेमा जिप चालक कपुरकोट-६ जलवाङ्गका २१ वर्षका जितबहादुर बोहोरा, जलवाङ्गका ३७ वर्षका धर्मा वली रहेका छन्।
यस्तै, ४० वर्षका टोपबहादुर वली र उनका छोरा ११ वर्षका वसन्त वली, ३० वर्षका सुरेश खत्री, ७० वर्षका खुमलाल वली, ५५ वर्षकी कुमारी वली र कपुरकोट(५ रिमका ३५ वर्षका ललितवली रहेका छन्। दुर्घटनामा घाइते भएका कपुरकोट(६ जलवाङ्गका ३५ वर्षका तिलक वलीको दाङको तुलसीपुरमा उपचार भइरहेको छ।
बाँकेको कोहोलपुरबाट सल्यान रिङका लागि छुटेको रा१ज ५६३ नम्बरको जीप सल्यानको कपुरकोट गाउँपालिका-३ मुलपानीमा दुर्घटना भएको हो ।
जीप बुधबार बिहान करिब ३ बजे भीरबाट १५० मिटर तल खसेको हो । प्रहरीका अनुसार उक्त जीपमा ९ जना सवार रहेका थिए ।
ताजा अपडेट
-
बैठक नै नबसी प्रतिनिधि सभाको बैठक आइतबारसम्मका लागि स्थगित
-
‘उपत्यकाका नदी स्वच्छ बनाउन तीन अर्ब ४२ करोड बजेट’
-
सबै कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने मन्त्रालयको तयारी
-
नागरिकता ऐन संशोधन विधेयक छिटो पारित गर्न गृहमन्त्रीको आग्रह
-
विश्व वातावरण दिवसको अवसरमा ग्लोबल आइएमई बैंककाे वृहत् बृक्षारोपण कार्यक्रम आयोजना
प्रतिक्रिया