चलचित्र ‘दुई नम्बरी’ को ट्रेलर सार्वजनिक

काठमाडौं । असोज २१ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘दुई नम्बरी’को ट्रेलर सार्वजनिक भएको छ। चलचित्रलाई दिपेन्द्र लामाले निर्देशन गरेका हुन् भने दिपक मनाङ्गे, अमला देवी राई र जयश श्रेष्ठले निर्माण गरेका हुन् । चलचित्रको मुख्य भूमिकामा दयाहाङ राई र सौगात मल्ल रहेका छन् ।
सुशान्त प्रजापतिको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, निमेष श्रेष्ठको सम्पादन र जयन जे वाइवाको संगीत रहेको चलचित्रमा सौगात मल्ल र दयाहाङ राईबिचको मित्रतालाई देखाइएको छ ।
यी दुई मुख्य कलाकारबाहेक चलचित्रमा उपासना सिंह ठकुरी, युगेन छोदेन, बुद्धि तामाङ, पुष्कर गुरुङ, शारदा गिरी, कविता आले, प्रकाश घिमिरे, सुष्मा निरौला, विश्वास गुरुङ, जयनन्द लामाको समेत अभिनय देख्न सकिन्छ । चलचित्रको ट्रेलर बुडासुब्बा डिजिटलमार्फत मंगलबार सार्वजनिक गरिएको हो ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया