बारामा ९३ हजार बालबालिकाले लगाए कोरोनाविरुद्धकाे फाइजर खोप
कलैया । जिल्ला स्वास्थ्य कार्यालय बाराले पाँचदेखि १२ वर्षमुनिका बालबालिकालाई कोभिड–१९ विरुद्ध ९३ हजार एक सय ८५ लाई खोप लगाएको छ ।
निमित्त कार्यालय प्रमुख रामनरेश यादवका अनुसार कार्यालयले अभियानका रुपमा सञ्चालन गरिएको कार्यक्रम जिल्लाका १६ स्थानीय निकायमा पाँचदेखि १२ वर्षमुनिका बालबालिकालाई एक लाख २० हजार खोप दिने लक्ष्य रहेको छ ।
गत भदौ १६ देखि भदौ २० गतेसम्म पहिलो चरणमा र भदौ २७ देखि ३१ गतेसम्म दोस्रो चरणमा खोप अभियान सुरु गरी ९३ हजार एक सय ८५ जनालाई खोप लगाउन सफल भएको जिल्ला जनस्वास्थ्य कार्यालयका खोप अधिकृत जितन चौधरीले बताए ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया