बीमा कम्पनीको पुँजी बढेपछि बीमाप्रतिको विश्वास पनि बढ्छ : अध्यक्ष सिलवाल
काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीहरुको पुँजी वृद्धि भएपछि बीमा दावी भुक्तानी र बीमाप्रतिको विश्वास समेत बढ्दै जाने बताएका छन् ।
बडादशैं, शुभ दीपावली र छठ पर्वको उपलक्ष्यमा बीमा समिति कर्मचारी युनियनले आज ललितपुरमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले समितिले बीमा कम्पनीहरुको पुँजी वृद्धिको निर्णय गरे अनुरुप पुँजी बृद्धिका लागि दुईवटा कम्पनी मर्ज भएका र अन्य २० वटा कम्पनीले मर्जरका लागि समितिबाट स्वीकृति लिएको जानकारी गराए ।
उनले नयाँ बीमा ऐन आएपछि बीमा समिति बीमा प्राधिकरणमा रुपान्तरण हुने र स्वायत्तताको अभ्यास गर्दै अगाडि बढ्ने बताउँदै मन्त्रिपरिषद्मा पेश भएको राष्ट्रिय बीमा नीति स्वीकृत भएपछि सोही नीतिका आधारमा संघ, प्रदेश र स्थानीय तहमा बीमा सम्बन्धी काम कारवाही अगाडि बढ्ने र बीमा क्षेत्र थप व्यवस्थित हुने उल्लेख गरे ।
सिलवालले आगामी केही महिनाभित्रै प्रदेश नं. १, गण्डकी र लुम्बिनी प्रदेशमा पनि बीमा समितिका प्रदेश कार्यालयहरु स्थापना गरिने र मंसिरदेखि बीमा सम्बन्धी जनचेतना अभिवृद्धिका कार्यक्रमहरुलाई अभियानका रुपमा संचालन गरिने जानकारी दिए ।
बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा समितिका काम कारवाहीलाई अझ प्रभावकारी बनाउने क्रममा समितिको नयाँ कर्मचारी दरबन्दी स्वीकृत भएको बताए ।
कार्यक्रममा बीमा समितिका निर्देशक पूजन ढुङ्गेल (अधिकारी), उपनिर्देशक पुनम ज्ञवाली (श्रेष्ठ), उपनिर्देशक एवम् समितिको कर्णाली प्रदेश कार्यालयका प्रमुख पदमप्रसाद सोडारी, सहायक निर्देशक शम्भुप्रसाद मिश्र र सहायक निर्देशक रञ्जिता केसीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सभापतित्व बीमा समिति कर्मचारी युनियनका अध्यक्ष पूर्ण बहादुर थापाले गरेका हुन् ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया