ब्राजिलको सर्वाधिक गोलकर्ता बन्ने दौडमा नेइमार, कति छ अब पेलेलाई उछिन्न ?
काठमाडौं । नेइमार ब्राजिल राष्ट्रिय फुटबल टोलीको सर्वाधिक गोलकर्ता हुने संघारमा पुगेका छन् ।
गएराति मैत्रीपूर्ण खेलमा ट्युनिसियाविरुद्ध ५–१ गोल अन्तरको फराकिलो जित निकाल्दा नेइमारले पनि पेनाल्टीमा एक गोल गरेका थिए ।
फ्रान्समा भएको उक्त खेलको ११ औँ मिनेटमा राफिन्हाले गोलको खाता खोलेका थिए । तर, मोन्तासार तल्बीले १८ औँ मिनेटमा ट्युनिसियालाई बराबरीमा ल्याएका थिए ।
तर, लगत्तै १९ औँ मिनेटमा रिचार्लीसनले गोल गर्दै फेरि ब्राजिललाई अग्रता दिलाए ।
ब्राजिल यतिमै रोकिएन । २९ मिनेटमा पेनाल्टीमा गोल गर्दै नेइमारले अग्रता दोब्बर बनाए । पुनः ४० औँ मिनेटमा गोल गर्दै रिचार्लीसनले ब्राजिललाई फराकिलो जिततर्फ धकेले ।
दोस्रो हाफका ब्राजिलले फेरि अर्को गोल थप्यो । ७४ औँ मिनेटमा पेड्रोले गोल गर्दै ब्राजिललाई ५–१ को फराकिलो जित दिलाए ।

यससँगै नेइमारले ब्राजिलका लागि गोल संख्या ७५ पुर्याएका छन् । अब उनी पेलेको सर्वाधिक ७७ गोलभन्दा दुईले मात्र टाढा छन् ।
नोभेम्बर २० देखि कतारमा सुरु हुने विश्वकपमा नेइमारले पेलेको कीर्तिमान तोड्दै ब्राजिलको सर्वाधिक गोलकर्ता हुने सम्भावना बलियो छ ।
सर्वाधिक गोल गर्ने खेलाडीको तेस्रो स्थानमा भने रोनाल्डो छन् । उनले ६२ गोल गरेका छन् ।
हेरौं सूची :

मेसी बने सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने तेस्रो खेलाडी, को–को छन् पहिलो र दोस्रोमा ? (सूचीसहित)
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया