फोहोरबाट मल उत्पादन गरिने
शंकर चापागाईं, पाँचथर । पाँचथरको फिदिम नगरपालिकाबाट संकलित फोहरबाट जैविक मल उत्पादन गरिने भएको छ । फोहोरबाट मल उत्पादनका गर्नका लागि नगरपालिका र हिमालय एग्रोएकोलोजी रिसर्च एण्ड डेभलपमेन्टबीच द्विपक्षीय सम्झौता भएको हो ।
सम्झौता पत्रमा फिदिम नगरपालिकाकी निमित्त प्रमुख प्रशासकीय अधिकृत निर्मला दाहाल र हिमालय एग्रोएकोलोजी रिसर्च एण्ड डेभलपमेन्टकी अध्यक्ष माधवि मगरले हस्ताक्षर गरेका छन्।
नगरपालिका क्षेत्रमा प्रयोग गर्नका लागि प्राङ्गारिक मल उत्पादन गर्न र जैविक मल उत्पादन केन्द्रको विकास गर्न तथा किसानलाई तालिम र शिक्षा प्रदान गर्ने लक्ष्यका साथ हिजो बुधबार सम्झौता भएको हो । सम्झौताअनुसार जैविक मल उत्पादन गर्ने कारखाना खोल्नका लागि ५ रोपनी जग्गा, भवन र आवश्यक सामग्री फिदिम नगरपालिकाले उपलब्ध गराउने छ । त्यसैगरी जैविक मल उत्पादनका लागि हिमालयन एग्रोएकोलोजीले कर्मचारी व्यवस्थापन, जैविक मलको ब्रान्ड र बजारीकरणको विकास गर्ने, उद्यमशीलताका लागि ५ जना स्थानीयलाई तालिम र अनुदानको व्यवस्था गर्ने पनि सम्झौता पत्रमा उल्लेख गरिएको छ ।

आयोजना अवधिभरमा नगरपालिका भित्रका ५ महिला उद्यमी छनौट गरी साना तथा घरेलु उद्योग स्थापना गर्ने पनि लक्ष्य रहेको नगरपालिकाले जनाएको छ ।
सम्झौता अवधि २ वर्षको रहने सम्झौता पत्रमा उल्लेख गरिएको छ । कम्पनीले २ वर्षपछि मल उत्पादन कारखाना नगरपालिकालाई हस्तान्तरण गर्नेछ ।
पाँचथरको एकमात्र फिदिम नगरपालिकाले जैविक मल उत्पादन गर्न बजार क्षेत्रमा संकलन हुने फोहोरलाई कुहिने र नकुहिने गरि छुट्याएर डम्पिङ गर्दै आएको थियो ।
ताजा अपडेट
-
कांग्रेस विवाद: गगन र विश्वप्रकाशको ७ बुँदे आन्तरिक प्रस्ताव सार्वजनिक
-
एक दर्जन सुरुङ मार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड बजेट
-
विपन्न परिवारलाई आयआर्जनसँग जोड्न पाडी वितरण
-
रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित
-
भारतीय अवरोधले चिया उद्योग बन्द हुने अवस्थामा, पहल गरिदिन परराष्ट्रसँग आग्रह


प्रतिक्रिया