एकैदिन १२ सयले बढ्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य १२ सय बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ९२ हजार ८०० रुपैयाँ र तेजाबी सुन ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार छापावाल सुनको मूल्य तोलामा ९१ हजार ६०० रुपैयाँ र तेजाबी सुन ९१ हजार १०० रुपैयाँमा कायम थियो । त्यस्तै, आज चाँदीको मूल्य पनि २५ रुपैयाँले बढेर ११ सय ७० रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ । अघिल्लो दिन यसको कारोबार तोलामा ११ सय ४५ रुपैयाँ थियो ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया