रावलको प्रष्टोक्ति : ओलीले मलाई सम्पर्कविहीन भएको भन्नु हास्यास्पद
काठमाडौं । नेकपा (एमाले)का नेता भीम रावलले आफू पार्टीको सम्पर्कमै रहेको स्पष्टीकरण दिएका छन् । आफू पार्टीसँग सम्पर्कविहीन भएको भन्ने कुरा हास्यास्पद रहेको उनले स्पष्ट पारेका छन् ।
केही दिनअघि एमाले सुदूरपश्चिमका नेताहरू पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोटा गएका थिए । ओलीले सो टोलीलाई रावल पार्टीको सम्पर्कमा नरहेको बताएका थिए ।
रावलले ट्विटरमार्फत यसैको जवाफ दिँदै आफू अछाम गएको विषय अध्यक्ष ओलीलाई जानकारी गराएको बताएका छन् । उनले ओलीको भनाइको खण्डनसमेत गरेका छन् ।
‘म पार्टीको सम्पर्कमा नरहेको भन्ने के हो भनी धेरै पत्रकारले प्रश्न गर्नुभयो । म अछाम प्रतिनिधिसभा क्षेत्र नं १ ले आयोजना गरेको कार्यकर्ता भेलामा प्रमुख वक्ताको रूपमा सहभागी भएँ । योबारे जिल्ला इञ्चार्ज र अध्यक्षलाई जानकारी गराएको थिएँ । म सम्पर्कविहीन भन्नु हास्यास्पद,’ उनले लेखेका छन् ।
ताजा अपडेट
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए
-
कीर्तिपुरमा कारमा आगलागी हुँदा एकजनाको मृत्यु


प्रतिक्रिया