तालिबानले रुससँग तेल, ग्यास र गहुँ किन्ने
एजेन्सी । तालिबानले रुससँग गहुँ, ग्यास र तेल खरिद र आयात गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ ।
तालिबानका प्रवक्ताले पेट्रोल, डिजेल, ग्यास र गहुँ लगायतका उत्पादनहरू रूसी मुद्रामा ‘विशेष छुट’ हुनेगरी खरिद गर्न लागेको खामा प्रेस समाचार एजेन्सीले जनाएको छ।
युक्रेन आक्रमण गरेपछि रुसमाथि लगाइएका प्रतिबन्धका कारण यो सम्झौता बताइएको छ । पश्चिमी देशहरूले रुस माथि बन्देज लगाएपछि मस्कोले आफ्नो निर्यात युरोपबाट एसियातर्फ सार्न बाध्य भएको छ।
आर्थिक विकास, व्यापार र ट्रान्जिट तालिबान गत वर्ष अगस्टमा सत्तामा आएदेखि उच्च प्राथमिकतामा राखेको छ । इस्लामिक समूहले यस क्षेत्रका देशहरूसँग कूटनीतिक र आर्थिक संलग्नता जारी राखेको छ ।
यस वर्षको शुरुमा उच्चस्तरीय तालिबान प्रतिनिधिमण्डलले रुसको भ्रमण गरेपछि यो सम्झौता भएको हो। मस्को बाहेक, कयस क्षेत्रका देशका थुप्रै कम्पनीहरूले अफगानिस्तानको निकासी उद्योग क्षेत्रमा लगानी गर्न चासो देखाएका छन् ।
तालिबान नेतृत्वले आफूहरू अन्तरराष्ट्रिय समुदायसँग व्यापार सम्झौताको निरन्तर खोजीमा रहेको बताउँदै आएको छ ।
मङ्गलबार जारी गरिएको संयुक्त राष्ट्रसंघको प्रतिवेदनले अफगानिस्तानको अर्थतन्त्र गम्भीर आर्थिक संकुचन र तालिवानको कब्जापछि आएको बैंकिङ तथा वित्तीय सङ्कटका कारण निकै कमजोर भएको बताएइको छ ।
उपलब्ध तथ्याङ्कले भन्सार र गैरकर स्रोतहरूद्वारा सञ्चालित जुन महिनासम्मको राजस्व सङ्कलन गत वर्षको सोही अवधिमा रेकर्ड गरिएको स्तरसँग बराबर रहेको र कोइला र फलफूलबाट सञ्चालित निर्यातले विगतको आँकडालाई उछिनेको देखाएको छ,’ संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सुरक्षा परिषद्लाई दिएको पछिल्लो त्रैमासिक प्रतिवेदनमा सो बारे उल्लेख गरिएको छ ।
राजनीतिक अनिश्चितता, सेवाहरूमा अपर्याप्त पहुँच र आर्थिक सहभागिताबाट महिला बहिष्करणका कारण सहायता प्रवाहमा अचानक रोक लगाइनुले आर्थिक वृद्धिमा समस्या आएको देखिएको छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया