न्यायिक समितिमा १०१ एक मुद्दा फछ्र्योट
तनहुँ । तनहुँ जिल्लाको भीमाद नगरपालिकाको न्यायिक समितिमा पाँच आर्थिक वर्षमा एक सय ६६ मुद्दा दर्ता भएका छन् । दर्ता भएका मुद्दामध्ये एक सय एक फछ्र्योट भएका छन् । बाँकी १० मुद्दा फछ्र्योटको प्रक्रियामा रहेको सो नगरपालिका कार्यालयले जनाएको छ ।
सो अवधिमा नगरपालिकाको न्यायिक समितिमा दर्ता भएका मुद्दामध्ये अधिकांश मिलापत्रबाट हुने गरेको भीमाद नगरपालिकाका अधिकृत अजय सुवेदीले जानकारी दिए । न्यायिक समितिमा परेका मुद्दा नगरपालिकाबाटै छिनोफानो गरिँदा अदालत जानुपर्ने झन्झटको अन्त्य हुनुका साथै आर्थिक भारमा कमी आएको प्रमुख प्रशासकीय अधिकृत टेकनाथ दाहालले बताए ।
मुद्दा दर्ता भएकामध्ये अधिकांश साँध सिमाना मिचिएको विवाद, मानाचामल, आर्थिक लेनदेन, पतिपत्नीबीचको झगडालगायतका छन् ।
न्यायिक समितिमा दर्ता भएका अधिकांश मुद्दा मिलापत्रबाट मिलाउने गरिएको नगरपालिकाकी उपाध्यक्ष एवं न्यायिक समितिकी संयोजक शारदा खनालले जानकारी दिए । दुवै पक्षको जीत हुनेगरी न्यायिक समितिले मुद्दा किनारा लगाउँदा दुवै पक्ष खुसी भएर घर फर्किने गरेको उनले बताए ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया