न्यायिक समितिमा १०१ एक मुद्दा फछ्र्योट

तनहुँ । तनहुँ जिल्लाको भीमाद नगरपालिकाको न्यायिक समितिमा पाँच आर्थिक वर्षमा एक सय ६६ मुद्दा दर्ता भएका छन् । दर्ता भएका मुद्दामध्ये एक सय एक फछ्र्योट भएका छन् । बाँकी १० मुद्दा फछ्र्योटको प्रक्रियामा रहेको सो नगरपालिका कार्यालयले जनाएको छ ।
सो अवधिमा नगरपालिकाको न्यायिक समितिमा दर्ता भएका मुद्दामध्ये अधिकांश मिलापत्रबाट हुने गरेको भीमाद नगरपालिकाका अधिकृत अजय सुवेदीले जानकारी दिए । न्यायिक समितिमा परेका मुद्दा नगरपालिकाबाटै छिनोफानो गरिँदा अदालत जानुपर्ने झन्झटको अन्त्य हुनुका साथै आर्थिक भारमा कमी आएको प्रमुख प्रशासकीय अधिकृत टेकनाथ दाहालले बताए ।
मुद्दा दर्ता भएकामध्ये अधिकांश साँध सिमाना मिचिएको विवाद, मानाचामल, आर्थिक लेनदेन, पतिपत्नीबीचको झगडालगायतका छन् ।
न्यायिक समितिमा दर्ता भएका अधिकांश मुद्दा मिलापत्रबाट मिलाउने गरिएको नगरपालिकाकी उपाध्यक्ष एवं न्यायिक समितिकी संयोजक शारदा खनालले जानकारी दिए । दुवै पक्षको जीत हुनेगरी न्यायिक समितिले मुद्दा किनारा लगाउँदा दुवै पक्ष खुसी भएर घर फर्किने गरेको उनले बताए ।
ताजा अपडेट
-
काठमाडौँ महानगरमा कक्षा ११ मा पढ्ने विद्यार्थीका लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला
-
नक्सालमा जनकपुरे माछा
-
किवीखेतीबाट गाउँमै भविष्य खोज्दै युवा
-
ताप्लेजुङमा पहिरोले घर पुरिँदा चार जना घाइते
-
राष्ट्रिय प्रसारण ‘ग्रीड कम्पनी’ र पाँच जलविद्युत् कम्पनीबीच ‘ग्रीड कनेक्सन’ सम्झौता
प्रतिक्रिया