डेङ्गुबाट हालसम्म ३८ जनाको मृत्यु
काठमाडौं । नेपालमा हालसम्म डेङ्गु सङ्क्रमणबाट ३८ जनाको मृत्यु भएको छ । गत साउनयता २८ हजार एक सय नौ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । सातै प्रदेशका ७६ जिल्लामा डेङ्गु फैलिएको छ । नेपालमा पहिलो पटक विसं २०६१ मा डेङ्गुको बिरामी देखिएको थियो ।
प्रदेश १ मा आठ सय २९, मधेसमा चार सय १३, बागमतीमा २१ हजार नौ सय ७५, गण्डकीमा छ सय ७७, लुम्बिनीमा तीन हजार एक सय २५, कर्णालीमा दुई सय ३८ र सुदूरपश्चिममा आठ सय ५० जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
डेङ्गु सङ्क्रमण तीव्र बनेपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिरहेको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया