महतोले सर्लाही –३ किन छाडे ?
काठमाडौं । यसअघि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले धनुषा क्षेत्र नम्बर –३ बाट उम्मेदवार बन्ने दाबी गरेका थिए । तर, अहिले आएर उनले सो दाबी छोडेका छन् ।
सर्लाही निवासी महतोले २०७४ को प्रतिनिधिसभा निर्वाचनमा भने धनुषा –३ बाटै जितेका थिए । ०७४ सालमा मधेसी मोर्चाको उम्मेदवार रहेका थिए महतो । उनले नेकपा (एमाले)को पनि साथ पाएपछि नेपाली कांग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधिलाई हराएका थिए ।
यता, निधिले भने प्रत्यक्ष चुनाव नलड्ने निर्णय गर्दै समानुपातिक रोजिसकेका छन् । महतोसँग फेरि हार्ने डरले उनी समानुपातिकमा गएको विश्लेषण गरिएको छ । तर, यता महतोले भने योपटक सो क्षेत्र छोड्दै सर्लाही –२ बाट चुनाव लड्ने निष्कर्षमा पुगेको उनीनिकट स्रोतले जनाएको छ ।
योपटक धनुषा ३ मा निधिलाई मात्र होइन महतोलाई पनि चुनाव जित्न गाह्रो भएको बताइएको छ । योपटक मधेशमा सिके राउतलगायतका नयाँ शक्तिहरू पनि मैदानमा आएको र मधेशकेन्द्रित पुराना दलहरूप्रति जनतामा आक्रोश छाएको छ । यसले गर्दा महतो पछि हटेको स्थानीहरू बताउँछन् ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया