करेन्ट लागेर एकको मृत्यु
राजविराज । सप्तरीको छिन्नमस्ता गाउँपालिकाको लापटीमा आज दिउँसो करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा छिन्नमस्ता–४ ललापटी बस्ने ५० वर्षका नारायण यादव रहेको प्रहरी नायब उपरीक्षक माधव काफ्लेले जानकारी दिए ।
घरदेखि टाढा गाउँकै खेतबारीमा कृषि मिटरद्वारा जडान गरिएको पानी तान्ने मोटरमा करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा परीक्षणका लागि पठाइएको छ भने घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया