अफगानिस्तान घटना : मारिनेमध्ये अधिकांश छात्रा

काबुल । अफगानिस्तानको राजधानीमा शुक्रबार परीक्षा तयारीको खोलिएको एक शिक्षा केन्द्र शुक्रबार भएको आत्मघाती बम विस्फोटमा परी मृत्यु हुनेमा अधिकांश छात्राहरू रहेको जनाइएको छ ।
आक्रमणमा घाइते भएका एक विद्यार्थीले एएफपीलाई बताएका छन् ।
‘हामी कक्षाकोठामा करिब ६०० जना थियौं, तर मृत्यु हुनेमा अधिकांश केटीहरू रहेका थिए ’, एक पुरुष विद्यार्थीले आफ्नो उपचार भइरहेको अस्पतालमा बताएका छन् ।
अफगानिस्तानको एक शैक्षिक केन्द्रमा आत्मघाती बम विस्फोट : कम्तीमा १९ जनाको मृत्यु
प्रतिक्रिया