असोज २० गते नेपाल आउँदै सन्दीप
काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने अन्तत असोज २० गते नेपाल फर्किने भएका छन् । नाबालिग बलात्कारको आरोप लागेका लामिछानेले आज फेसबुकमाफर्त एक स्टाटस जारी गर्दै आफू सो दिन नेपाल फर्किएर आत्मसमर्पण गर्ने घोषणा गरेका हुन् ।
आफू निर्दोष भएको र देशको कानुन प्रणालीमाथि आफूलाई पूर्ण रुपमा विश्वास भएको उनले बताएका छन् । चाँडो भन्दा चाँडो न्याय पाउने आश गर्दै न्यायलयले पनि यो विषयमा निष्पक्ष रुपमा फैसला गर्ने आश भएको बताएका छन् ।
स्टाटसमार्फत यो घटनाले निम्त्याएको अप्रिय अवस्थाबाट आफू मुक्त भइसकेको र अब आत्मसमर्पण गर्न तयार भएको आशय उनले व्यक्त गरेका छन् । लामो समयसम्म पनि नेपाल नफर्किएपछि जनमानसमा उनीबारे झनै चासो बढेको थियो ।
यसबीचमा लामिछानेले आफू मानसिक रुपमा विक्षिप्त भएकाले आइसोलेसनमा बसिरहेको भन्दै स्पष्टोक्ति दिएका थिए ।
शुभचिन्तकहरुलाई उनले उक्त स्टाटसमार्फत आफू निर्दोष भएको र नराम्रो काम नगरेको आश्वासन दिएका छन् । समयक्रमसँगै आफूलाई लागेका झुट्टा आरोप गलत साबित उनले उनको दाबी छ ।
यतिबेला प्रहरीको फरार सूचीमा रहेका लामिछानेविरुद्ध अन्तर्राष्टिय प्र्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिस पनि जारी गरिसकेको छ ।
ताजा अपडेट
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल


प्रतिक्रिया