क्रिकेटर सन्दीप लामिछाने आज नेपाल फर्किंदै

काठमाडौ । एक नाबालिक किशोरी बलात्कार गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने आज स्वदेश फर्किंदै छन् ।
उनी कतार एयरवेजको उडानबाट बिहीबार बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने छन् । यसअघि असोज १५ गते सामाजिक सञ्जालमार्फत उनले बिहीबार नेपाल फर्किएर प्रहरीसमक्ष आत्मसमर्पण गर्ने घोषणा गरेका थिए ।
स्वदेश फर्किन लागेको जानकारी नेपाल प्रहरीलाई पनि दिइसकेको उनले उल्लेख गरेका छन् । उनी विदेशमै रहेको बेला गत भदौ २१ गते ती किशाेरीले उनी विरुद्ध महानगरीय प्रहरी वृत्त गौशलामा जाहेरी दिएकी थिइन् ।
उनी विरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको थियो । सन्दीप सीपीएलको सिलसिलामा वेष्ट इन्डिज गएका थिए। नेपाली क्रिकेटका कप्तानसमेत रहेका उनलाई जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरे लगत्तै नेपाल क्रिकेट संघ (क्यान)ले निलम्बन गरेको थियो।
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया