विमानस्थलबाट यसरी पक्राउ परे सन्दीप लामिछाने
काठमाडौं । बलात्कार आरोपमा जाहेरी परेको एक महिनामा क्रिकेटर सन्दीप लामिछाने पक्राउ परेका छन् ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उत्रिएलगत्तै सन्दीप पक्राउ परेका हुन् ।
पौने ११ बजे सन्दीप विमानस्थलबाटै पक्राउ परेका हुन् । दोहाबाट कतार एयरवेजको विमानबाट उनी काठमाडौं फर्किएका हुन् ।
जाहेरी परेको एक महिनासम्म उनी सम्पर्कविहीन भएका थिए ।
तर प्रहरीले इन्टरपोलमार्फत डफ्युजन नोटिस जारी गराएपछि सन्दीप नेपाल फर्किएका हुन् ।
अध्यागमनले प्रहरीको जिम्मा लगाएपछि उनलाई हत्कडी लगाएर पक्राउ गरिएको हो ।
सन्दीपले हत्कडी नलगाई प्रहरी कार्यालय लैजान आग्रह गरेका थिए । तर प्रहरीले उनको याचना सुनेन ।
५ भदौमा सन्दीपले आफूमाथि जबर्दस्ती बलात्कार गरेको भन्दै ती नाबालिग किशोरीले जाहेरी दिएकी थिइन् ।
तर सन्दीपले आफू निर्दोष रहेको दाबी गर्दै आएका छन् ।
अब उनले कानुनी लडाइँ लड्नेछन् ।
उनी ६ भदौमा सिरिज खेल्न केन्या पुगेका थिए । उतैबाट सिपिएल खेल्न वेस्ट इण्डिजका देशतर्फ लागेका थिए ।
ताजा अपडेट
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन


प्रतिक्रिया