मंसिर ४ गतेको चुनावमा सार्वजनिक सवारी पूरै बन्द नहुने
काठमाडौं । आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा सवारी आवागमन पूरै बन्द नहुने भएको छ ।
शनिबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले यसपटकको निर्वाचनमा सार्वजनिक यातायात पूर्ण रुपमा बन्द नहुने जानकारी दिएका हुन् ।
‘जेष्ठ नागरिक र मतदानस्थल टाढा भएका नागरिकहरुलाई पनि मतदानस्थलसम्म पुग्न टाढा पर्ने र त्यस दिन आवागानको निम्ति सवारी साधन अनुमति माग्नेको भिड व्यवस्थापन गर्न पनि गाह्रो भएको हुनाले तपाईंहरु सबैको सुझाव अनुसार हामीले मंसिर ४ गतेको दिन व्यवस्थित ढंगले यातायात सञ्चालन गर्ने निर्णय गरेका छौं,’ प्रमुख आयुक्त थपलियाले भने ।
उक्त दिन सवारी व्यवस्थापनका लागि आयोगले यातायात व्यवस्था विभाग, गृह मन्त्रालय, नेपाल प्रहरीलगायतका व्यक्तिहरु सम्मिलित कार्यदल गठन गरेको छ । कार्यदलले दिएको सुझावका आधारमा आयोगले व्यवस्थित ढंगले यातायातका साधानहरु सञ्चालन गर्ने अनुमति दिन्छ र त्यसलाई सार्वजनिक गर्नेछ ।
विगतमाजस्तो निर्वाचनका दिन नेपाल बन्द भनेर झुक्किनुपर्ने अवस्था नआउनमा ढुक्क हुन थपलियाले आश्वासन दिएका छन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया