उम्मेदवारी दर्ताका लागि दलहरूलाई छुट्टाछुट्टै समय
बैतडी । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्न बैतडीमा दलहरूलाई छुट्टाछुट्टै समय उपलब्ध गराइएको छ । सर्वदलीय छलफलबाट उम्मेदवारी दर्ताका लागि समय निर्धारण गरिएको हो ।
सहायक निर्वाचन अधिकृत तिर्थराज आचार्यका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीलाई दर्ताका लागि सबैभन्दा पहिला समय दिइएको छ । सो पार्टीलाई अहिले ११ बजेदेखि १२ बजेसम्मको समय दिइएको छ ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललाई १२ बजेदेखि दिउँसो १ बजे, नेकपा (एमाले) र नेकपा (एकीकृत समाजवादी) लाई दिउँसो १ बजेदेखि २ बजे सम्म, नेपाली कांग्रेसलाई दिउसो ३ बजे, नेकपा (माओवादी केन्द्र) लाई ४ बजे तथा जनता समाजवादी पार्टीलाई साढे ४ बजेको समय उपलब्ध गराएको छ ।
यस्तै स्वतन्त्र उम्मेदवारको हकमा समय निर्धारण नगरिएको आचार्यले बताए । ‘स्वतन्त्र उम्मेदवारले बिहान १० देखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गराउन सक्नेछन्,’ उनले भने । बैतडीमा प्रतिनिधिसभाका लागि एउटै मात्र क्षेत्र रहेको छ भने प्रदेशसभातर्फ दुई क्षेत्र कायम गरिएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया